×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूर्व डिआइजी कोइरालाको फैसला विरुद्ध महिला सञ्जाल र महान्यायाधिवक्ताहरुले पुनरावलोकन रिट दायर गर्ने (भिडियो)

अर्थ सरोकार

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार

PRIME CA

पूर्व डिआइजी कोइरालाको फैसला विरुद्ध महिला सञ्जाल र महान्यायाधिवक्ताहरुले पुनरावलोकन रिट दायर गर्ने (भिडियो)

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । पूर्व डिआइजी रञ्जन कोइरालाको मुद्दामा सर्वोच्च अदालतले गरेको फैसला विरुद्ध महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकन रिट दायर गर्ने भएको छ । पत्नी हत्याको अभियोगमा जन्मकैदको सजाय काटिरहेका कोइरालको मुद्दामा सर्वोच्च अदालतले असार १५ गते ८ वर्ष ६ महिना मात्रै थुनामा बसे पुग्ने भन्दै फैसला गरेको थियो । सोही फैसला चित्त बुझ्दो नभएको भन्दै महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकनका लागि सार्वोच्चमा रिट दायर गर्ने भएको हो । बिहीबार अन्तर पार्टी महिला सञ्जालका टोलिसँगको भेटका क्रममा महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले सर्वोच्चको फैसला बिरुद्ध अदालतमा पुनरावलोकनका लागि जाने बताउनुभएको सञ्जालका अध्यक्ष सावित्रा भुषालले बताउनुुभयो ।
सर्वोच्च अदालतको फैसला चित्त नबुझे पुनरावलोकनमा जान पाउने व्यवस्था अनुसार महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकनका लागि सर्वोच्चमा रिट दायर गर्न लागेको हो । पूर्व डिआइजी कोइरालाले २०६८ पुष २७ गते पत्नी गीता ढकालको हत्या गरी मकवानपुरको टिस्टुङ जङ्गलमा लगेर जलाएका थिए । २०६८ माघ ८ गते पक्राउ परेका उनलाई २०७१ वैशाख ७ गते जिल्ला अदालत काठमाडौंले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । कोइरालाले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए । उच्च अदालतले पनि २०७२ मंसिर २३ गते जिल्लाकै फैसलालाई सदर गरेको थियो । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: