×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धनगढीमा असारे विकासको चटारो, सडक अवरुद्ध हुँदा गल्ली-गल्लीमा झन् अप्ठ्यारो ! (फोटो-कथा)

PRIME CA

धनगढीमा असारे विकासको चटारो, सडक अवरुद्ध हुँदा गल्ली-गल्लीमा झन् अप्ठ्यारो ! (फोटो-कथा)

२१ असार २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट


सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । विगतकै दिनदेखि रहँदै आएको असारे विकासको चटारोको प्रभाव यस वर्षपनि प्रशस्तै मात्रामा देख्न सकिन्छन् । वर्षभरी ठप्प रहने विकासका काम वर्षको अन्तिम समय बर्खा लागेपछि धमाधम हुँदा विकास निर्माणका काममाथि नै प्रश्न उठ्न थालेको छ । 
बजेट सिध्याउनकै हतारोमा गरिने असारे चटारोले दिगो विकासमा चुनौति त थपेकै थियो सर्वसाधरणलाई पनि मर्कामा पारेको छ । धनगढीका विभिन्न स्थानहरुमा यतिबेला विकास निर्माणका कामहरु धमाधम सञ्चालन भईरहेका छन् । यसैबीच धनगढीको मुख्य सडकमा रहेको जिल्ला प्रशासन कार्यालय अगाडीको सडक निर्माणको काम झरीमा पनि तिव्र गतिमा भईरहेको छ । जसका कारण सवारी साधनहरु डाइभर्सन गरि गल्ली गल्लीमा दोडिन थालेका छन् । “उस्तै त साँघुरो गल्ली त्यसैमाथी अत्याधिक सवारी चापका कारण दुर्घटनाको जोखिम पनि त्यत्तिकै मात्रामा बढेको छ”, अटो चालक हरिसिंह चटौतले भने । 
“कच्चि र बिग्रेका सडक सञ्जालका कारण सवारी सञ्चालनमा समस्या त विगतदेखि नै छँदै थियो अहिले यस्तो अव्यवस्थित विकासले हामीलाई पनि मर्कामा पारेको छ”, स्थानिय रमिता दुलालले भनिन्, “विकास गर्नु त ठिकै हो तर भिजन र दुरदर्शी योजना बिनै गरिने यस्तो विकास चाँही खाचै उचित लागेन ।” असारे विकासको चटारोका कारण साँघुरा गल्लीमा यात्रा गर्दै सवारी ! हेर्नुहोस् फोटो फिचरमा…

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: