×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

‘हामी केहि जान्दैनौ, बिना दर्ता औषधी बेच्ने मान्दैनौ’ : नेपाल औषधि उत्पादक संघ (भिडियो रिपोर्ट)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपालमा उत्पादन हुने औषधिहरु विदेशबाट ल्याउन बन्द गर्न माग गर्दै नेपाल औषधि उत्पादन संघ आन्दोलनमा उत्रेको छ । असार २२ गते सेनिटाइजर दर्ताको म्याद तीन महिना थप्ने निर्णय गरेसँगै औषधि उत्पादक संघ आन्दोलनमा उत्रेको हो । देशलाई अर्थतन्त्रमा आत्मनिर्भर बनाउने नीति लिएको सरकारले त्यसलाई कार्यान्वयनमा पनि लैजानुपर्ने संघका महासचिव विप्लव अधिकारीले बताउनुभयो । 
लक डाउनको महत्वपूर्ण समयमा कुनै पनि प्रकारको औषधि अभाव हुन आफुहरुले नदिएको उल्लेख गर्दै उहाँले अवस्था सहज भएपछि गुणस्तरहित र दर्ता नभएका औषधि बजारमा आउने क्रम रोक्न आग्रह गर्नुभयो । मास्क, पीपीई, कस्मेटिक, खाद्य परिपूरक लगायतका सामग्री नेपालमै उत्पादन हुनसक्ने भएतापनि सरकारले उत्पादन अनुमति र प्रोत्साहन नगरेको संघको भनाइ छ । मंगलबार औषधि व्यवस्था विभाग अगाडी संघले धर्ना दिएको छ । आफ्ना मागहरु पुरा नभएर आन्दोलन थप कडा पार्ने चेतावनी संघले दिएको छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: