Skip to content
LAXMI SUNRISE BANK

बैंक अफ काठमाण्डूले सार्वजनिक गर्यो नयाँ ब्याजदर (विस्तृत सूचीसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – बैंक अफ काठमाण्डू लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन ६ गतेदेखि लागु हुने गरी मुद्दती निक्षेपकाे ब्याज दर सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको  मुद्दती निक्षेपमा संस्थागत तर्फ ४.५० प्रतिशतदेखि ६.५० प्रतिशत र व्यक्तिगत तर्फ ५.२५ देखि ७.२५ प्रतिशत व्याज कायम गरेको छ ।
बैंकले ३ महिनादेखि ६ महिनासम्मको संस्थागत मुद्दती निक्षेपमा ४.५० प्रतिशत, ६ महिनादेखि १ वर्ष अवधिसम्मकाे संस्थागत मुद्दती निक्षेपमा ५.५० प्रतिशत र १ वर्षभन्दा बढी अवधिकाे संस्थागत मुद्दती निक्षेपमा ६.५० प्रतिशत व्याज प्रदान गर्ने उक्त विवरणमा उल्लेख गरिएकाे छ ।
त्यसैगरी, बैंकले ३ महिने व्यक्तिगत मुद्दती निक्षेपमा ५.२५ प्रतिशत, ६ महिनादेखि १ वर्ष अवधिसम्मकाे व्यक्तिगत मुद्दती निक्षेपमा ६.२५ प्रतिशत र १ वर्षभन्दा बढी अवधिकाे व्यक्तिगत मुद्दती निक्षेपमा ७.२५ प्रतिशत व्याज दिने भएकाे छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK