- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – बुधबार २ वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ। नेपाल बैंक र सनराइज बैंकले नयाँ आज (श्रावण १४ गते, बुधबार) बाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे ।
नेपाल बैंकले बचत खातामा न्युनतम ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ। बैंकमा २४ प्रकारको बचत खाता सञ्चालनमा ल्याएको छ। यता, बैंकको मुद्दती खातामा व्यक्तिगतमा ३ महिनासम्म र ३ महिनादेखि ५ वर्षसम्म ७.२५ प्रतिशत ब्याज कायम गरेको छ। संस्थागत मुद्दती खातामा ३ महिनासम्म र ३ महिनादेखि ५ वर्षसम्म ६.५ प्रतिशत रहेको छ। बैदेशिक मुद्रा बचत खातामा २ प्रतिशतसम्म व्याजदर रहेको छ।
यस्तै, सनराइज बैंकले बचतमा न्युनतम २.५ प्रतिशत र अधिकतम ४ प्रतिशत ब्याजदर कायम गरेको छ। बैदेशिक मुद्रा बचत खातामा २ प्रतिशतसम्म व्याजदर रहेको छ। बैंकमा १५ प्रकारको बचत खाता सञ्चालनमा ल्याएको छ। यता, सनराइज मह मुद्दती खातामा न्युनतम ७ प्रतिशतदेखि अधिकतम ७.७५ प्रतिशतसम्म ब्याजदर कायम रहेको विवरणमा उल्लेख छ।
बैंकले सेयर धितोकर्जा, पर्सनल लोन, होम लोन, शैक्षिक धितोकर्जामा १३.९५ प्रतिशत ब्याज तोकेको छ। बैंकको असोज मसान्तसम्मको आधार दर ८.९५ प्रतिशत रहेको छ ।
बैंकले प्रकाशन गरेकाे नयाँ व्याजदर यस प्रकारकाे छ :


Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्