×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विप्लवको बन्दमा बन्द भए बैंक तथा वित्तीय संस्थाहरु… सेवाग्राही मर्कामा ! (फोटो-कथा)

अर्थ सरोकार

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलवार

PRIME CA

विप्लवको बन्दमा बन्द भए बैंक तथा वित्तीय संस्थाहरु… सेवाग्राही मर्कामा ! (फोटो-कथा)

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सुदूरपश्चिम बन्दको घोषण गरेसँगै आज धनगढीका अधिकांश बैंक तथा वित्तिय संस्थाहरु बन्द भएका छन् । पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्ताको रिहाइको माग गर्दै सेती महाकाली ब्युरोले गरेको बन्दको घोषणासँगै बैंक तथा वित्तिय संस्थाका सेवा प्रभावित भएको छ । 
विप्लवको बन्दमा धनगढीका प्राय सबैजसो बैंक तथा वित्तिय संस्थाहरु बन्द भएका छन् । तर केही बैंक तथा सरकारी कार्यालयहरुले भने जोखिम मोलेरै सेवा दिईरहेका छन् । जसमध्ये कृषि विकास बैंक लिमिटेड र मालमोत कार्यालय रहेका छन् । दैनिक हजारौँ सेवाग्राहीहरुलाई सेवा प्रदान गर्ने बैंक तथा वित्तिय संस्थाहरुको सेवा प्रवाहित हुँदा आमजनता मर्कामा परेका छन् । विप्लवको बन्दमा बन्द भएका धनगढीका बैंकहरु ! हेर्नुहोस् फोटो फिचरमा…

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: