- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – छ्याङ्दी हाइड्रोपावर कम्पनीले आर्थिक वर्ष २०७६/७७ को तेश्रो त्रैमास वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले १ करोड २७ लाख १४ हजार रूपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा १०% ले कम हाे । गत वर्षकाे यसै अवधिमा कम्पनीले १ कराेड ४१ लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।
कम्पनीले बिजुली बेचेर ४ करोड ५७ लाख ३९ हजार रुपैयाँ आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे तुलनामा १० प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिसम्ममा कम्पनीले बिजुली बेचेर ४ करोड १५ लाख ६१ हजार रुपैयाँ नाफा आम्दानी गरेको थियाे । साथै, सञ्चालन नाफा पनि ३ करोड २५ लाख ९५ हजार रूपैयाँबाट बढेर ३ करोड ९३ लाख १६ हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी २८ करोड ३५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ करोड २७ लाख १४ हजार रूपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ३२ पैसा र प्रतिशेयर नेटवर्थ १०४ रुपैयाँ ४८ पैसा रहेकाे विवरणमा उल्लेख छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्