×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना भन्दा उच्च मृत्युदर ‘अज्ञात निमोनिया’ ले भएको चीनको चेतावनी, जुनमा मात्रै ६०० बढीको ज्यान गयो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कोरोना भन्दा उच्च मृत्युदर ‘अज्ञात निमोनिया’ ले भएको चीनको चेतावनी, जुनमा मात्रै ६०० बढीको ज्यान गयो

Artha Sarokar

३० असार २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । चीनले आफ्ना नागरिकलाई कोरोना भाइरसबाट हुने कोभिड-१९ भन्दा कयौं गुणा उच्च मृत्युदर ‘अज्ञात निमोनिया’ को रहेको भन्दै चेतावनी दिएको छ । काजकस्तानस्थित चिनियाँ दूतावासले एक चेतावनी जारी गर्दै अज्ञात निमोनियाले कोरोना संक्रमणबाट भन्दा बढी मानिसको मृत्यु भइरहेको जनाएको हो । 
मध्य एसियाली मुलुकमा यस किसिमको निमोनियाबाट जुनमा मात्र ६०० भन्दा बढी मानिसहरुको मृत्यु भइसकेको छ । काजकस्तानमा रहेका आफ्ना नागरिकलाई यस किसिमको निमोनियाबाट जोगिनका लागि सचेत र सजग हुन आग्रह गरेको छ । काजकस्तान र चीनको उत्तरपश्‍चिमी प्रान्त सिन्जियासँगको सीमा जोडिएको छ । 
सन् २०२० को सुरुआतका ६ महिनामा यस किसिमको निमोनियाबाट एक हजार ७७२ जनाको मृत्यु भइसकेको र जुनमा मात्र ६२८ जनाको मृत्यु भएको जनाइएको छ । चिनियाँ दूतावासलाई यस बारेमा कति जानकारी छ भन्‍ने खुलाइएको छैन । – पब्लिक न्युज एजेन्सी
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी