
काठमाडौँ । चीनले आफ्ना नागरिकलाई कोरोना भाइरसबाट हुने कोभिड-१९ भन्दा कयौं गुणा उच्च मृत्युदर ‘अज्ञात निमोनिया’ को रहेको भन्दै चेतावनी दिएको छ । काजकस्तानस्थित चिनियाँ दूतावासले एक चेतावनी जारी गर्दै अज्ञात निमोनियाले कोरोना संक्रमणबाट भन्दा बढी मानिसको मृत्यु भइरहेको जनाएको हो ।
मध्य एसियाली मुलुकमा यस किसिमको निमोनियाबाट जुनमा मात्र ६०० भन्दा बढी मानिसहरुको मृत्यु भइसकेको छ । काजकस्तानमा रहेका आफ्ना नागरिकलाई यस किसिमको निमोनियाबाट जोगिनका लागि सचेत र सजग हुन आग्रह गरेको छ । काजकस्तान र चीनको उत्तरपश्चिमी प्रान्त सिन्जियासँगको सीमा जोडिएको छ ।
सन् २०२० को सुरुआतका ६ महिनामा यस किसिमको निमोनियाबाट एक हजार ७७२ जनाको मृत्यु भइसकेको र जुनमा मात्र ६२८ जनाको मृत्यु भएको जनाइएको छ । चिनियाँ दूतावासलाई यस बारेमा कति जानकारी छ भन्ने खुलाइएको छैन । – पब्लिक न्युज एजेन्सी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्