×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंकले ल्यायो ‘एसएमई र घर कर्जा योजना’, ३ दिनमै ऋण पाइने

LAXMI SUNRISE BANK

सिटिजन्स बैंकले ल्यायो ‘एसएमई र घर कर्जा योजना’, ३ दिनमै ऋण पाइने

१४ श्रावण २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिटिजन्स बैंकले ग्राहकलाई लक्षित गर्दै विभिन्न विशेष सूविधा भएको ‘सिटिजन्स घर कर्जा योजना’ र एसएमई कर्जा (साना तथा मझौला कर्जा) सार्वजनिक गरेको छ । यस घर कर्जा योजना अन्तर्गत ग्राहकहरुले ९.५० प्रतिशत वार्षिक ब्याजदरमा नै जग्गा/घर खरिद गर्न तथा घर निर्माण गर्न ऋण लिन सक्नेछन् ।
विश्वभरी फैलिएको कोरोना भाइरसले सृजना गरेको बिषम परिस्थितिको बाबजुद पनि कर्जालाई सरल र सहज तरिकाले ग्राहक सामू पस्कने उद्देश्यका साथ बैंकले यो आकर्षक योजना सार्वजनिक गरेको हो ।
ग्राहकहरुले कागजात पेश गरेको ३ कार्य दिन भित्र निर्णय हुने सरल प्रक्रिया सहितको यस २५ वर्ष सम्मको समयावधि भएको योजना अन्तगर्त घर कर्जा लिने ग्राहकलाई नि:शुल्क क्रेडिट कार्ड प्रदान गरिने कुरा बैंकले जनाएको छ ।
यस आर्कषक घर कर्जा योजनाबाट ग्राहकहरुको जीवनमा खुसियाली थपिने अपेक्षा बैंकले लिएको छ । छोटो समयावधिको लागि संचालनमा ल्याईएको यस योजना बाट लाभन्वित हुन तथा थप जानकारीका लागि बैंकको देशै भरी रहेको नजिकैको शााखा कार्यालयमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।
यसका साथ साथै बैंकले सिटिजन्स मोर्टगेज लोन (व्यक्तिगत कर्जा) १०.९९ प्रतिशत वार्षिक ब्याजदरमा उपलब्ध गराउने छ । राज्यले लिएको विभिन्न किसिमका कर्जाहरुकालागि सजिलो ढंगले उत्साहपूर्ण किसिमले प्रवाह गर्न देशै भरी छरिएका बैंकका १०९ शाखाहरुबाट कार्यारम्भ समेत थालिएको छ ।सो को लागि आवश्यक तयारी गरिसकिएको कुरा बैंकले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी