
- अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले विभिन्न तीनवटा आयोगको वार्षिक प्रतिवेदन अध्ययन गर्न उपसमिति गठन गरेको छ । समितिको बुधबारको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग र लोकसेवा आयोगको वार्षिक प्रतिवेदनमाथि अध्ययन गर्न उपसमिति गठन गरेको छ । समिति सभापति शशी श्रेष्ठले प्रतिनिधि सभा नियमावली २०७५ को नियम १८२ बमोजिम समितिको आन्तरिक काम कारबाही सञ्चालन गर्न वा समितिको कार्यक्षेत्र भित्रको विषयको अध्ययन गरी प्रतिवेदन दिन समितिका सदस्यहरु मध्येबाट उपसमिति गठन गर्न सक्ने प्रावधान अनुसार गठन गरिएको बताउनुभयो ।

सांसद रेखा शर्माको संयोजकत्वमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन अध्ययन उपसमिति गठन भएको छ । जसमा सांसदहरु झपड रावल, अमरेशकुमार सिंह, नवराज सिलवाल सदस्य रहनुभएको छ । सांसद यसोदा सुवेदीको संयोजकत्वमा निर्वाचन आयोगको वार्षिक प्रतिवेदन अध्ययन उपसमिति गठन भएको छ । जसमा सांसदहरु देवेन्द्रराज कंडेल, छक्कबहादुर लामा, तिर्था गौतम, प्रेम सुवाल सदस्य रहनुभएको छ । त्यस्तै सांसद विजय सुब्बाको संयोजकत्वमा लोकसेवा आयोगको वार्षिक प्रतिवेदन अध्ययन उपसमिति गठन भएको छ । जसमा सांसदहरु डिला संग्रौला, रामसहाय प्रसाद यादव, लक्ष्मी कुमारी चौधरी सदस्य रहनुभएको छ ।

सबै उपसमितिले आन्तरिक कार्यविधि आफै निर्माण गरेर अध्ययन गर्न सक्ने छन् । उपसमितिमा संयोजक सहित बढीमा ५ जना सदस्य रहन सक्ने व्यवस्था भएपनि दुई समितिमा चार जनाका दरले गठन गरिएको सभापति श्रेष्ठले बताउनुभयो । त्यस्तै कुनै एक उपसमितिमा रहेको सदस्य अर्को उपसमितिको बैठकमा भाग लिन चाहेमा संयोजकको अनुमति लिएर सहभागि हुन सक्नेछन् । उपसमितिले आयोगको वार्षिक प्रतिवेदन अध्ययन गरी १५ दिन भित्र समितिमा प्रतिवेदन पेश गर्नुपर्नेछ । हेर्नुहोस् भिडियो :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्