×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अहँ ! अझैपनि चेतेनन् धनगढीका बैंकहरु, भत्ताको लाईनमा जोखिम मोल्दै वृद्धवृद्धा !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २८ असार २०७७, आईतवार

PRIME CA
laxmi sunrise bank

अहँ ! अझैपनि चेतेनन् धनगढीका बैंकहरु, भत्ताको लाईनमा जोखिम मोल्दै वृद्धवृद्धा !

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै गरिएको लकडाउनको समयमा अत्यावश्यक भन्दै खोलिएका बैंकहरु यतिबेला संक्रमणको उच्च जोखिममा छन् । सुदूरपश्चिम प्रदेश लगाएत देशैभरीका विभिन्न बैंकहरुका कर्मचारीमा कोरोना पुष्टि भईसक्दापनि धनगढीका बैंकहरु भने अझै चेतेका छैनन् । 
धनगढीमा रहेको सिदार्थ बैंक लिमिटेडको क्याम्पस रोड शाखामा सामाजिक सुरक्षा भत्ता लिन पुग्नेहरुको भिड निकै नै उदेकलाग्दो देखिन्छ । न सामाजिक दुरी कायम गरिएको छ न त सुरक्षा सामाग्रीको प्रयोग नै गरिएको छ । सामाजिक सुरक्षा भत्ता लिन सिदार्थ बैंकको क्याम्पस रोड शाखामा पुगेकी ७१ वर्षिया नरमता धामी भन्छिन्, “लाईनमा राखेको एक घण्टा बितिसक्यो तर पालो आउँदैन, भत्ता खान भन्दै आएको कोरोना लाग्छ कि ? भन्ने पिर पर्या छ ।” 

धनगढीको कैलाली पुलमा रहेको कृषि विकास बैंक लिमिटेडको बैंकिङ्ग कार्यालय धनगढी कैलालीमा देखिएको भिड पनि केहि यस्तै छ । झन यहाँ त केही सेवाग्राही बिना मास्कका देखिएका छन् । कृषि विकास बैंकको यस्तो लापरवाहीका कारण कोरोना संक्रमणको जोखिम झनै बढेको छ । 

धनगढीकै रातो पुल स्थित सनराईज बैंक लिमिटेडको अव्यवस्थित भिडपनि निकै दिक्क लाग्दो देखिएको छ । सामाजिक दुरी र सुरक्षाका सामाग्रीबिना नै लाईनमा बसेका ग्राहकहरु कोरोनाको उच्च जोखिम मोलेरै सेवा लिन बाध्य बनेका छन् । 

धनगढीकै मुख्य बजारमा रहेको माछापुच्छ्रे बैंक लिमिटेडमा लागेको भिड पनि साह्रै उदेकलाग्दो छ । गर्मीको सयम त्यसमा पनि कोरोना संक्रमणका बीच उक्त बैंकमा पुग्ने सेवाग्राहीको भिड अत्यन्तै अव्यवस्थित र चुनौतीपुर्ण रहेको छ ।  

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: