×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउन पछि धनगढीको माहोल…११ तस्बिरमा हेर्नुहोस सरकारी कार्यालयमा कसरी बढ्दैछ कोरोनाको जोखिम ? (फोटो-कथा)

PRIME CA

लकडाउन पछि धनगढीको माहोल…११ तस्बिरमा हेर्नुहोस सरकारी कार्यालयमा कसरी बढ्दैछ कोरोनाको जोखिम ? (फोटो-कथा)

१३ श्रावण २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • सुदर्शन श्रेष्ठ/अर्थसरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । झण्डै १ सय २० दिनपछि सरकारले लकडाउन अन्त्यको घोषणा गरेसँगै धनगढीमा चहलपहलमा वृद्धी भएको छ । लकडाउनमा सुनसान बनेका धनगढीका मुख्य क्षेत्रहरु यतिबेला मानिसको चहलपहलका कारण भिडभाड देखिन थालेका छन् । 
लकडाउनको अन्त्य र सरकारको निर्देशनलाई पालना गर्दै विभिन्न काम गतिविधि विशेष सरकारी कार्यालय पुग्नेहरुको भिड पनि निकै उदेग लाग्दो देखिन्छ । कोरोनाको महामारी पुर्ण रुपमा साम्य नभइसकेको स्थितिमा सरकारी कार्यालयमा लाग्ने अनियन्त्रित र अव्यवस्थित भिडले कोरोना संक्रमणको जोखिमलाई झनै बढावा दिएको छ । 
यतिबेला सबैभन्दा बढी यातायात व्यवस्था कार्यालय धनगढीमा सेवाग्राहीको भिड लाग्ने गरेको छ । सरकारले कर तिर्नका लागि आह्वान गरेसँगै यातायात कार्यालयमा सेवाग्राहीको संख्यामा अस्वभाविक ढंगले वृद्धी भएको यातायात व्यवस्था कार्यालय धनगढीमा कार्यरत कर्मचारीले बताएका छन् । यता सेवाग्राहीमध्येका निलम रानाले भनिन्, ‘यो कोरोना महामारीको बेलामा यसरी बाध्यात्मक परिस्थिति सृजना गर्नु गलत हो, अनलाईनको माध्यमबाट पनि सेवा लिन सक्ने व्यवस्थाको विकास गर्नुपर्छ ।’

 यता आन्तरिक राजस्व कार्यालयको भिड पनि उस्तै देखिएको छ । सामाजिक दुरी कायम नै नगरी सेवाग्राही लामो लाइनमा बस्न बाध्य बनेका छन् । लाइनमै बसेकाहरुले पनि सुरक्षा सामाग्रीको प्रयोग नगर्दा कोरोनाको जोखिम उच्च बनेको छ । 

त्यस्तै नेपाल विद्युत प्राधिकरणको धनगढी वितरणकेन्द्रको भिड पनि कम देखिदैन । बिजुलीको बिल तिर्नकै लागि लामो समयदेखी पालो कुर्दै बसेका शिबलाल भट्टले भने, बिजुलीको बिल नतिरौँ भने बत्ती नै काटिदिने हुन् कि भन्ने पिर, तिरौँ भनेर यहाँ आउँदा यो भिड र कोरोना सम्झिदा अर्को पिरले सताउँछ । 

सेवाग्राहीको अत्याधिक भिड हुने क्षेत्रको रुपमा स्थापित भएको मालपोत कार्यालय कैलालीको अवस्था पनि चिन्ताजनक नै रहेको छ । जिल्लाभरीका विभिन्न ठाउँबाट मानिसहरु पुग्ने हुँदा मालपोत कार्यालयमा भिड झनै विर लाग्दो रहेको छ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: