×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

…र यो पनि हेर्नुहाेस् ! धनगढीमा बेमौसमी विकासको प्रभाव ! (फोटो-कथा)

PRIME CA

…र यो पनि हेर्नुहाेस् ! धनगढीमा बेमौसमी विकासको प्रभाव ! (फोटो-कथा)

४ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । धनगढीमा थालिएको बेमौसमी विकासका कारण आमसर्वसाधरण मर्कामा परेका छन् । आर्थिक वर्ष २०७६/७७ को सडक विस्तारको योजना वर्षको अन्तिम सातामा अगाडी सार्दा सर्वसाधरण मर्कामा परेका हुन् । असारे विकासको चटारोका रुपमा थालिएको उक्त सडक विस्तारका कामले धनगढीको मुख्य सडकमा दैनिक घण्टौसम्म जाम लाग्ने गरेको छ । 
बर्खायामको समय हुँदा हल्का वर्षा हुनासाथ हिलाम्य बन्ने उक्त सडक अव्यवस्थित र अनुपयुक्त समयमा निर्माणको काम हुँदा दैनिक यात्रा झनै  कष्ठकर हुन थालेको छ । सडक जाम हुँदा पुग्नुपर्ने ठाउँमा समयमै पुग्न नसकिने स्थानिय शिबलाल रेग्मीले बताए । उनले भने, “वर्षभरी काम थालेनन्, काम गर्ने समयमा कोरोनाको निहुँ भयो । अब यतिबेला धमाधम काम हुँदा निकै मर्कामा परियो ।” त्यस्तै अर्का स्थानिय सम्झना बुढाथोकीको पिडा भने झनै बेग्लै थियो । निर्माणाधिन सडककै कारण जाममा परेकी उनी आफ्नी ५४ वर्षिय वृद्ध बुवालाई लिएर अस्पताल जाँदै थिईन । हामीले सोधेको प्रश्नको जवाफ दिदै उनले भनिन्, “कस्तो अचम्म र दिक्क लाग्दो विकास ? विकास हुनु त हाम्रा लागि खुसीको कुरा हो तर यस्तो बेमौसमी विकास हुनुभन्दा त बरु नगरेकै जाती ।” 
गतवर्षकै योजनामा सक्नुपर्ने काम आर्थिक वर्ष २०७७/७८ लागीसक्दा पनि धमाधम सञ्चालन भइरहेको छ । असारे विकासका नाममा हुने यस्तो खालको विकासले कामको गुणस्तरमाथी नै प्रश्न उठाउने गरेको छ । धनगढीमा हुँदै गरेको बेमौसमी विकासले गराएको सास्ती ! हेर्नुहोस् फोटो फिचरमा…

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: