×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पानी परेपछि धनगढीका सडकको हरिबिजोग ! (फोटो-कथा)

PRIME CA

पानी परेपछि धनगढीका सडकको हरिबिजोग ! (फोटो-कथा)

१९ असार २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । पानी परेलगत्तै खडेरीमा धुलाम्य हुने धनगढीका सडक हिलाम्य बनेका छन् । पानी परेपछि बजारमा हिलो र अव्यवस्थित सडक सञ्जालकै कारण चहलपहल पनि कम देखिने गर्दछ । एकातिर अव्यवस्थित भिडले ध्यान भड्काईरहेका बेला चिप्लो माटो र हिलो बाटोले ज्यान जोगाउनै पनि धौ-धौ बनाएको छ । 
सुदूरपश्चिम प्रदेशको मुख्य व्यापारीक शहर र अस्थायी राजधानी समेत रहेको धनगढीका सडक देख्दा विरक्त नलाग्ने सायदै कम भेटिन्छन् । प्रत्येक वर्ष विकासका योजना र बजेटमा पर्ने यी सडकले अझैसम्मपनि परिवर्तनको मुहार भने फेर्न पाएका छैनन् । केही समय अगाडी पक्की देखिने यी सडकहरुको अवस्था अहिले भने भताभुंग देखिन्छ । “दिनमा १० पटक भन्दा बढी आवतजावत गर्दापनि जनप्रतिनिधिको आँखामा भने यी समस्या कहिल्यै परेनन्”, धनगढी ५ हसनपुरकी शान्ती मल्लले भनिन् । 
प्रदेशकै अस्थायी राजधानी धनगढीको विकासलाई यी सडकहरुले गिज्याउँदै ठाडै चुनौती दिईरहेका छन् । पानी परेपछि धनगढीका अधिकांश ठाउँमा देखिएको सडकको अवस्था ! हेर्नुहोस् फोटो फिचरमा…  

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: