×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धनगढीका सरकारी विद्यालयले सरकारलाई टेरेनन्, महामारीका बेला पनि पैसा लुट्नमै व्यस्त !

PRIME CA

धनगढीका सरकारी विद्यालयले सरकारलाई टेरेनन्, महामारीका बेला पनि पैसा लुट्नमै व्यस्त !

२५ असार २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । एकातिर कोरोना महामारीको आतंक फैलिरहेका बेला धनगढीका सरकारी तथा संस्थागत विद्यालय नै विद्यार्थि भर्ना गर्न व्यस्त बनेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १२ मा रहेका सिद्धनाथ माध्यामिक विद्यालय र शारदा माध्यामिक विद्यालयले भर्ना अभियान सुरु गरेका हुन् । 
कोरोना भाइरसको कारण गत चैत्र ११ गतेदेखि सरकारले देशैभरी लकडाउन गर्यो । संक्रमणका बीच भारतबाट आउने नागरिकको उद्धार तथा बस्ने व्यवस्था मिलाउनका लागि स्थानिय स्तरमा उपलब्ध रहेका सरकारी तथा संस्थागत विद्यालयहरुलाई क्वारेन्टाइन बनाइयो । तर अहिले तिनै विद्यायलयहरुले एकलौटी रुपमा विद्यालय भर्ना कार्यक्रम सुरु गरेको र ट्युसन तथा कोचिङ्ग कक्षाहरु सञ्चालन गर्ने गरेको स्रोतले बताएको छ । 
यी विध्यालयहरुले आगामी शैक्षिक शत्रका लागि आएको पुस्तक वितरण गर्ने क्रममा विद्यार्थि भर्ना अभियान पनि सँगसँगै चलाईरहेका छन् । विद्यालय कहिले खुल्ने भन्ने टुंगो नलागेका बेला यी विध्यालय भने भर्ना गर्ने र शुल्क लिने काममै लागि परेका छन् । यसै विषयमा विध्यालयमा बुझ्दा पुस्तक वितरणको लेखाजोखा राख्नुपर्ने भएकोले भर्ना गरिएको शिक्षकहरुले बताएका छन् । तर लेखाजोखाका लागि अनेकौ उपाय हुँदा हुँदैपनि पैसा लुट्ने हेतुले पुस्तक वितरणका नाममा भर्ना अभियान चलाइरहेका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: