
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एभरेष्ट बैंकले ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राख्दै “चाडपर्व विशेष कर्जा योजना” ल्याएको छ । यस अन्तर्गत सबै क्षेत्रलाई समेट्दै, घर भाडा भन्दा सस्तो “घर कर्जा”, स्वरोजगार तथा उद्यमीको लागी “साना तथा मझौला उद्योग कर्जा (एसमई)”, आफ्नै सावारी साधनको लागि “गाडी तथा मोटरसाइकल कर्जा” तथा व्यक्तिगत प्रयोजनको लागि “व्यक्तिगत कर्जा” योजना ल्याएको छ ।
यहि आउदो श्रावण १५ देखि कार्तिक १४ सम्म लागु हुने यस कर्जा योजनामा घर कर्जा ८.२५ प्रतिशत, साना तथा मझौला उद्योग कर्जा ८.२५ प्रतिशत, गाडी कर्जा ९.५५ प्रतिशत, मोटरसाइकल कर्जा १०.५५ प्रतिशत तथा व्यक्तिगत कर्जा ९.५५ प्रतिशत ब्याजदरमा उपलब्ध हुनेछ ।
बैंकको चाडपर्व विशेष कर्जा योजनामा प्रशासनिक शुल्क ०.५० प्रतिशत मात्र हुने साथै अन्य बैंक तथा वित्तीय संस्थाबाट लोन स्वाप गर्दा सेवा शुल्कमा अतिरिक्त छुट हुनेछ । यस योजनामा सहभागी हुने ग्राहकहरुलाई क्रेडिट कार्ड लिदा ५० प्रतिशत छुट समेत उपलब्ध हुनेछ ।
यस कर्जा योजनाबाट ग्राहकहरुलाई भरपुर फाइदा पुग्ने तथा आउँदै गरेको चाडपर्वहरुमा थप खुसियाली थपिने छ भन्ने बैंकले विश्वास लिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्