×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फर्स्ट माइक्रोफाइनान्सको चौथौ त्रैमास: खुद नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ? (विवरणसहित)

PRIME CA

फर्स्ट माइक्रोफाइनान्सको चौथौ त्रैमास: खुद नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ? (विवरणसहित)

४ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं। फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/७७ चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाले १३ करोड ९७ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा ५.४७% ले धेरै हो । अघिल्लो वर्षको यसैअवधिमा संस्थाले १३ करोड २४ लाख ७२ हजार रुपैयाँ नाफा कमाएको थियो । 
संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै उकालो लागेकाले पनि खुद नाफा बढ्न टेवा पुगेको हो । असार मसान्तसम्म आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी ५.५१% ले बढेर २२ करोड ४१ लाख ८० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले २१ करोड २४ लाख ५६ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो । यता, सञ्चालन नाफा पनि ३.८०% ले बढेर २१ करोड ७९ लाख ६६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले २० करोड ९९ लाख ७३ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो । 
यो चौथौ त्रैमाससम्ममा संस्थाको चुक्ता पुँजी ८० करोड ७ लाख ४१ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा २४ करोड ७९ लाख १५ हजार रुपैयाँ छ । संस्थाको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ४५ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ९६ पैसा रहेको विवरणमा उल्लेख छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: