- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – शुक्रबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ४५ पैसा कायम गरेको छ । यस्तै, बिक्रीदर १२० रुपैयाँ ९८ पैसा रहेको छ । बिहिबारका लागि एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ९८ पैसा रहेको छ । युरो एकको खरिददर १४० रुपैयाँ ४६ पैसा र बिक्रीदर १४१ रुपैयाँ १६ पैसा रहेको छ ।
यस्तै, पाउण्ड एकको खरिददर १५५ रुपैयाँ ४९ पैसा र बिक्रीदर १५६ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १८ पैसा र बिक्रीदर २८ रुपैयाँ ३२ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९७ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६९ पैसा रहेको छ ।