- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारको लागि एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ७३ पैसा तोकेको छ। यस्तै, बिक्रीदर १२०.६१ पैसा कायम गरेको छ । युरोपिएन युरो एकको खरिददर १३६ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५२ पैसा तोकिएको छ ।
यस्तै राष्ट्र बैंकले पाउण्ड एकको खरिददर १५० रुपैयाँ ४१ पैसा र बिक्रीदर १५१ रुपैयाँ १७ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०९ पैसा र बिक्रीदर २८ रुपैयाँ २३ पैसा छ ।
यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०५ पैसा छ भने युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ६० पैसा र बिक्रीदर ३२ रुपैयाँ ७६ पैसा रहेको छ ।