- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ३२ पैसा तोकेको छ। यस्तै, बिक्रीदर ११९.९२ पैसा कायम गरेको छ । युरोपिएन युरो एकको खरिददर १३८ रुपैयाँ २७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९६ पैसा तोकिएको छ ।
यस्तै राष्ट्र बैंकले पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ७७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ५४ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०२ पैसा र बिक्रीदर २८ रुपैयाँ १६ पैसा छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९३ पैसा छ भने युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६६ पैसा रहेको छ ।
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्