- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ४४ पैसा कायम गरेको छ । यस्तै, बिक्रीदर १२० रुपैयाँ ०४ पैसा रहेको छ । युरो एकको खरिददर १३९ रुपैयाँ २१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ९१ पैसा रहेको छ ।
यस्तै, पाउण्ड एकको खरिददर १५२ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०२ पैसा र बिक्रीदर २८ रुपैयाँ १६ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८० पैसा र बिक्रीदर ३२ रुपैयाँ ९६ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६८ पैसा रहेको छ ।