- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ४४ पैसा कायम गरेको छ । यस्तै, बिक्रीदर १२० रुपैयाँ ०४ पैसा रहेको छ । युरो एकको खरिददर १४० रुपैयाँ ०६ पैसा र बिक्रीदर १४० रुपैयाँ ७६ पैसा रहेको छ ।
यस्तै, पाउण्ड एकको खरिददर १५३ रुपैयाँ ७९ पैसा र बिक्रीदर १५४ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०९ पैसा र बिक्रीदर २८ रुपैयाँ २३ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८० पैसा र बिक्रीदर ३२ रुपैयाँ ९६ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६८ पैसा रहेको छ ।