- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बिहिबार सुनको मूल्य घटेको छ । बुधबार प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन आज १ सयले घटेर प्रति तोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य भने स्थिर रहेर प्रतितोला १ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (बिहिबार) १० ग्राम सुनको मूल्य ७९ हजार ४ ७५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ८ सय ६१ रुपैयाँ ५० पैसा कायम गरेको छ ।