- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बिहिबार सुनचाँदीको मूल्य बढेको छ । बुधबार प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन आज ९ सयले बढेर प्रति तोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य भने २५ रुपैयाँले बढेर प्रतितोला ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (बिहिबार) प्रति १० ग्राम सुनको मूल्य ७९ हजार २ सय २० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ८ सय ४० रुपैयाँ कायम गरेको छ ।