
- अर्थ सरोकार सम्बाददाता
पर्सा । घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय पोखरिया, पर्साले बीमा दावी रकम भुक्तानी गरेको छ । संस्थाले पर्सा जिल्ला धोवनि गाँउपालिका वडा नं. ०३ का केन्द्र नं. २७ की सदस्य ललिता देवीको मृत्यूपश्चात उनका श्रीमान रामनारायण ठाकुर लोहारलाई बीमाको क्षतिपुर्ति रकम उपल्बध गराएको हो ।
उनले ६० हजार कर्जा लिएकोमा मृत्युपश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरी गरी कर्जा बीमा अन्तर्गत सदस्यको मृत्युपश्चात दिइने काजक्रिया खर्च १० हजार बराबरको काजक्रिया खर्च रकम संस्थाका शाखा प्रबन्धक सरोज कुमार महतोले मृतकका श्रीमान रामनारायण ठाकुर लोहारलाई एकमुष्ट भुक्तानी गरेका हुन् ।
उक्त रकम प्रदान कार्यक्रममा शाखाको तर्फबाट शाखा प्रबन्धक सरोज कुमार महतो र सो केन्द्रका केन्द्र संचालक ऋषिकेश कुशवाहा को उपस्थिति रहेको थियो भने केन्द्रका सदस्यहरुको उपस्थिति पनि रहेको थियो ।संस्थाले आफना ग्राहक सदस्यहरुको हित तथा संरक्षण गर्न र ग्राहक सदस्यहरुलाई आपतकालिन अवस्थामा सहयोग पुर्याउने उदेश्य अनुरुप आवश्यकता अनुसार बिभिन्न कार्यक्रम तथा सहयोग रकम प्रदान गर्दै आइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्