- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ३ सयले बढेर प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य १० रुपैयाँ बढेर प्रतितोला १ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (आइतबार) १० ग्राम सुनको मूल्य ७९ हजार ३०५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ८ सय ६१ रुपैयाँ ५ पैसा कायम गरेको छ ।