- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । मंगलबार प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन आज ५ सयले बढेर प्रति तोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर प्रतितोला ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (बुधबार) प्रति १० ग्राम सुनको मूल्य ७८ हजार ६ सय २० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ८ सय २३ रुपैयाँ कायम गरेको छ ।