- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य घटेको छ । मंगलबार प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन आज ४ सयले घटेर प्रति तोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर प्रति तोला ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (बुधबार) प्रति १० ग्राम सुनको मूल्य ७८ हजार ४ सय ४५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ८ सय १९ रुपैयाँ कायम गरेको छ ।