- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । बिहिबार प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ५ सयले बढेर प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य आजसम्मकै सबैभन्दा उच्च हो । सुनको मूल्य बढेसंगै कारोबारमा कमि आएको व्यवसायी बताउँछन् ।
यता, चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ । चाँदीको मूल्य पनि दिनप्रतिदिन बढ्दै गइरहेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ४५ रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (बिहिबार) १० ग्राम सुनको मूल्य ८१ हजार २० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ९ सय ८१ रुपैयाँ ५ पैसा कायम गरेको छ ।