- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सोमबार सुनचाँदीको मूल्य घटेको छ । आइतबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज २ सयले घटेर प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर प्रतितोला १ हजार रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (सोमबार) १० ग्राम सुनको मूल्य ७९ हजार १ सय ३५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ८ सय ५७ रुपैयाँ ५ पैसा कायम गरेको छ ।