×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इतिहासकै उच्च विन्दुमा पुग्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

इतिहासकै उच्च विन्दुमा पुग्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

Artha Sarokar

१४ श्रावण २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । मंगलबार प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ३ सयले बढेर प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य आजसम्मकै सबैभन्दा उच्च हो । सुनको मूल्य बढेसंगै कारोबारमा कमि आएको व्यवसायी बताउँछन् । 
यता, चाँदीको मूल्य भने २० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार १ सय २५ रुपैयाँ  पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (बुधबार) १० ग्राम सुनको मूल्य ८४ हजार ४ सय ५० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५० रुपैयाँ कायम गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी