
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सोमबार प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ७ सयले बढेर प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य पनि दिनप्रतिदिन बढ्दै गइरहेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ४५ रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (मंगलबार) १० ग्राम सुनको मूल्य ८४ हजार १९० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६७ रुपैयाँ ५ पैसा कायम गरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य लगातार बढेकाले त्यसको प्रभाव स्थानीय बजारमा परेको महासंघले जनाएको छ । महासंघका अध्यक्ष मोहनकुमार सुनार लगानीकर्ताले सुनलाई सुरक्षित मानेर लगानी गर्दा अन्तर्राष्ट्रियरुपमै मूल्य बढेको बताए । सुन प्रतितोला झण्डै एक लाख पुग्नै लागे पनि यसको कारोबार भने ठप्प रहेको उहाँको भनाइ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्