- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ । बिहिबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन आज ५ सयले घटेर प्रति तोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (शुक्रबार) प्रति १० ग्राम सुनको मूल्य ७७ हजार ५ सय ९० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ८ सय ६ रुपैयाँ कायम गरेको छ ।