- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बिहिबार सुनको मूल्य घटेको छ । बुधबार प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन आज ७ सयले घटेर प्रति तोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (बिहिबार) प्रति १० ग्राम सुनको मूल्य ७८ हजार २० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ८ सय १४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।