- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबार प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ हजार ३ सयले बढेर प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो अहिलेसम्म कै उच्चा मूल्य हो।
यता, चाँदीको मूल्य पनि ९५ रुपैयाँले बढेर प्रतितोला १ हजार १ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (बुधबार) १० ग्राम सुनको मूल्य ८० हजार ५ सय ९० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ९ सय ७३ रुपैयाँ कायम गरेको छ ।