×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालय एअरलाइन्सले सार्वजनिक गर्यो चौथो चरणको उडान तालिका, कुन देशबाट कहिले हुँदैछ उडान ? (विवरणसहित)

PRIME CA

हिमालय एअरलाइन्सले सार्वजनिक गर्यो चौथो चरणको उडान तालिका, कुन देशबाट कहिले हुँदैछ उडान ? (विवरणसहित)

१३ श्रावण २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । हिमालय एअरलाइन्सले कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धारका लागि चौथो चरणको चार्टर्ड उडानको कार्यतालिका सार्वजनिक गरेको छ । जुलाई ३० देखि अगस्त ७ सम्म युएइ, साउदी अरब, बहराइन, कतार र मलेसियाबाट नेपालीहरु ल्याउन लागिएको एअरलाइन्सले जनाएको छ ।
एयसलाइन्सले जुलाई ३० र अगस्ट १मा कुवेतबाट नेपालीको उद्धार गर्नेछ । त्यसैगरी, जुलाई ३१मा चीनको कुनमिंगबाट नेपाली ल्याउने हिमालय एयरले जनाएको छ । जुलार्ई ३१, अगस्ट ३ र ५ मा कतारको दोहामा उद्धार उडान गर्ने एयरलाइन्सले जनाएको छ । जुलाई ३१, अगस्ट १, २ र ४ मा यूएईको आबुधावीबाट नेपालीको उद्धार हुनेछ । अगस्ट २, ३, ६ र ७ मा मलेशियाको क्वालालम्पुरमा उद्धार उडान गर्ने एयरलाइन्सले जनाएको छ । अगस्ट ४, ५, ६ र ७ मा साउदी अरेवियाको दमामबाट नेपालीको उद्धार हुने एयरलाइन्सले सार्वजनिक गरेको उडान तालिकामा उल्लेख छ ।
यो भन्दा अगाडी भएका उद्धार उडानमा जस्तै अहिले पनि एयरलाइन्सले यात्रुले पीसीआर र आरडिटी परीक्षण गरी नतिजा नेगेटिभ आएको प्रमाण पेश गर्नुपर्ने, कुनैपनि कारणले उडान रद्ध हुन सक्ने र नेपाल आएर सरकारले भने बमोजिमको क्वारेन्टाइनमा बस्नुपर्ने सर्तहरु अगाडी सारेको छ ।
एयरलाईन्सले यसअघि तिन चरणको उद्धार उडान गरिसकेको छ । जुलाई ३० देखि अगस्त ७ सम्म हुन लागेको उडान समय तालिका यस्तो छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: