×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन बैंकद्धारा सिद्धि स्मृति प्रतिष्ठानलाई सहयाेग

LAXMI SUNRISE BANK

हिमालयन बैंकद्धारा सिद्धि स्मृति प्रतिष्ठानलाई सहयाेग

७ श्रावण २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तपुर उपमहानगर पालिका, भिमसेनस्थान–७ स्थित “सिद्धि स्मृति प्रतिष्ठान—“सिद्धि स्मृति महिला तथा बाल अस्पताल एवं बृद्धाश्रम” लाई सहयोग प्रदान गरेको छ ।

त्यस प्रतिष्ठानमा विरामी तथा अस्पतालका अन्य लुगाहरु दैनिक रुपमा धुनु र सुकाउनु पर्ने तर हाल रहेको मेसिन विग्रिने र पटक–पटक बनाई राख्न पर्ने समस्या व्यहोरी रहेको हुँदा बैंकले सहयोग स्वरुप ५ लाख मुल्य बराबरको पचास किलो क्षमताको लुगा धुने मेसिन र पन्ध्र किलो क्षमताको हाइड्रो एक्सट्र्याक्टर प्रदान गरेको छ । साथै बैंकले उक्त प्रतिष्ठानको लागि रु. १ लाख ५७ हजार ६ सय ३५ बराबरको १० हजार थान ओपिडी बुक पनि सहयोग स्वरुप प्रदान गरेको छ ।
वि.सं. २०५९ मा स्थापित उक्त अस्पताल भक्तपुर क्षेत्रकै प्रतिष्ठित अस्पताल हो । अस्पतालले विशेषतः बाल स्वास्थ्य, प्रसुति तथा स्त्रीरोग सम्बन्धि सेवा प्रदान गर्दै आएको छ । विभिन्न स्वदेशी तथा विदेशी दाताहरुको सहयोगमा संचालित यस प्रतिष्ठानले अस्पालका साथै बृद्धाश्रम समेत संचालन गरिरहेको छ ।
बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले बैंकका उच्चपदस्थका कर्मचारीहरुको उपस्थितिमा उक्त सहयोग सामग्रीहरु प्रतिष्ठानलाई एक समारोहका बीच हस्तान्तरण गरे ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी