×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘हङकङबासीलाई अलग गरेर चीनले ठूलो अवसर गुमायो’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

‘हङकङबासीलाई अलग गरेर चीनले ठूलो अवसर गुमायो’

Artha Sarokar

३० असार २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । चीनले हङकङमा बाह्य विकास र अन्य प्रयासहरुलाई अस्वीकार गरेमा हङकङमा आन्तरिक परिवर्तनको बाटो पहिल्याउने विज्ञहरुले बताएका छन् । चीनले उइगर समुदायमाथि सैन्य बल प्रयोग गरेर दमन गर्दा पनि अन्तर्राष्ट्रिय अदालतमा मुद्दा पर्नेसम्मका काम भएका छन् भने शिक्षित र बुझेका हङकङबासीमाथि चिनियाँ अधिनायकवाद लागु गरेपछि त्यसले विस्फोटको बाटो तयर गर्ने विज्ञहरुको तर्क छ । 
“दक्षिण कोरिया र ताइवानमा बहुदलीय प्रजातन्त्रले काम गरिरहेको छ भन्ने कुरामा म विश्वास गर्दिन । दुबै मुलुकमा सैन्य गन्ध आउँछ, जो अधिनायकाद लागु गर्न चाहन्छ,” क्यानेडियन ब्रोडकास्टिङ कर्पोरेसनको बिजनेश एकाइका वरिष्ठ उत्पादक डोन पिटिसले भने । 
त्यसैगरी हङकङमा पनि चिनियाँ अधिनायकवाद पूर्णरुपमा लागु हुनसक्दैन । बेलायतको अधिनबाट स्वायत्त भएको हङकङ सहरले स्वशासनको दिशातर्फ अघि बढ्ने तयारीमा रहेको थियो । हङकङबासीलाई अलग गरेर चीनले ठूलो अवसर गुमाएको पिटिसको टिप्पणी छ ।
चीनले हङकङमा राष्ट्रिय सुरक्षा कानुन लागु गरेर चीनको विरोध गर्नेहरुलाई नियन्त्रणमा लिएर सजाय दिइरहेको छ । जसका कारण धेरै हङकङबासीहरु त्यहाँबाट फरार हुने तयारीमा रहेका छन् भने केही अन्य मुलुकको निर्वासनमा रहेका छन् । 
चीनले हङकङमाथि नयाँ कानुन लागु गरेर हङकङ सहरको संसद र स्वतन्त्रतालाई अन्त्य गरेको छ । चीनले हङकङमा सुरक्षा कानुन लागु गर्नका लागि कार्यालय स्थापना गरेको छ । विश्वभरबाट चीनको यस किसिमका गतिविधिको चौतर्फी विरोध भइरहेको छ । -पब्लिक न्युज एजेन्सी 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी