
काठमाडौँ । नोभेल कोरोना भाइरसको महामारीकाबीच विश्वका विभिन्न मुलुकको अर्थतन्त्र तहसनहस हुने अवस्थामा पुगिरहेका बेला भारत भने उत्कृष्ट लगानी गन्तव्य सावित भएको छ । महामारीकैबीच विश्वकै उत्कृष्ट सर्च इन्जिन गुगलले भारतमा १० अर्ब अमेरिकी डलर सहयोगको प्रतिबद्धता व्यक्त गरेको छ । गुगलका सीईओको सुन्दर पिचाईंले कोरोना महामारीकैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको संवादका क्रममा उनले भारतमा आगामी पाँच/सात वर्षमा १० अर्ब अमेरिकी डलर लगानी गर्ने बताएका हुन् ।
वालमार्टले एक अर्ब २० करोड अमेरिकी डलर लगानी गर्ने जनाएको छ भने फोक्सकोनले एक अर्ब अमेरिकी डलर, विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जा ल फेसबुकले ५ अर्ब ७० करोड अमेरिकी डलर क्वालकोम भेन्चर ९ करोड ७० अमेरिकी डलरको लगानी प्रतिबद्धता व्यक्त गरेको छ । त्यसैगरी विश्वको उत्कृष्ट कम्पनी थोम्सनले १४ करोड २८ लाख अमेरिकी डलर, वि वर्क ग्लोबलले १० करोड अमेरिकी डलर, हिटाचीले एक करोड ५९ लाख अमेरिकी डलर, किया मोटर्सले ५ करोड ४० लाख अमेरिकी डलर र साउदी अरबको पीआईएफले एक अर्ब ६० करोड अमेरिकी डलर लगानी गर्ने घोषणा गरेका छन् ।
ह्युन्डाइ मोबिज्, अमेजनको विश्वासिलो साझेदार एसजीएस, क्लाउड सफ्टवेयर एक्सट्रीया, अस्ट्रेलियाको एप सोलुसन एफ५लगायतले पनि भारतीय बजारमा लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कोरोना महामारीबीच पनि विश्वका उत्कृष्ट कम्पनीहरुको लगानी हब बनिरहेको अवस्थामा नेपालले भारतसँगको सम्बन्धलाई सुधार गर्दै लैजानुपर्ने हुन्छ । -पब्लिक न्युज एजेन्सी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्