×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जम्मु काश्‍मीरका जनताद्वारा पनि ‘बाइकोट चाइना’ अभियान सुरु, चिनियाँ उत्पादनहरुलाई रोक लगाउन माग !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

जम्मु काश्‍मीरका जनताद्वारा पनि ‘बाइकोट चाइना’ अभियान सुरु, चिनियाँ उत्पादनहरुलाई रोक लगाउन माग !

Artha Sarokar

७ श्रावण २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । जम्मु काश्‍मीरका जनताहरुले बाइकोट चाइना अभियान सुरु गरेका छन् । उनीहरुले चिनियाँ उत्पादनहरुलाई रोक लगाउन माग गर्दै भारतीय उत्पादनको प्रयोग गर्न आग्रह गर्दै अभियान सुरु गरेका छन् । भारतको पूर्वी लद्दाखमा भारत-चीनबीच भएको हिंसात्मक झडपपछि भारतका विभिन्‍न स्थानमा चिनियाँ उत्पादन बहिष्कार अभियान सञ्‍चालन भइरहेका छन् । भारतको विस्तारवादी नीतिविपरीत काश्मीरका जनताहरु सडक आएका चिनियाँ उत्पादन बहिष्कार अभियान चलाएका हुन् । 
उनीहरुले समातेको ब्यानरमा लेखिएको, ूबाइकोट चाइना, युज इण्डियन प्रोडक्टु, लेट्‌स बिल्ड आवर नेशनु छ ।त्यसैगरी जम्मु क्षेत्रमा पनि मानिसहरु चिनियाँ उत्पादनका सामग्री प्रयोग नगर्न भन्दै सडकमा आएका छन् । उनीहरुले प्रधानमन्त्रीले सुरु गरेको अभियानको आफ्नो पति समर्थन रहेको जनाएका छन् ।’चीनले जहिले पनि हामीमाथि गलत गरिरहेको छ र हामीलाई धोका दिँदै आएको छ । 
हाम्रो भारत सरकारको निर्देशन अनुसार चिनियाँ सामग्री बहिष्कारको अभियानमा छौं ।हामी हरेक कुरा भारतीय उत्पादन नै प्रयोग गर्न चाहन्छौं’ जम्मुको रघुनाथ बजारका प्रमुख सुरिन्द्र महाजनले भने । उनले भने, ‘चिनियाँ सामग्री प्रतिबन्ध गर्नु राम्रो काम हो । चीनले हामीलाई धोका दिएको छ । चीन मित्रराष्ट्रको योग्य छैन र बहिष्कारको योग्य छ।’ -पब्लिक न्युज एजेन्सी
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी