×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

कम्युनिष्ट मन्त्री भट्टले गरे यस्तो काम, सुटुक्क चार बोकाको बली दिएर कम्युनिजमकै बदनाम !

  • अर्थ सरोकार सम्वाददाता 
डडेल्धुरा । कलियुगमा पनि कस्तो अचम्मको कथा ? समाज परिवर्तन र अन्धविश्वासको जालो हटाउनुपर्नेबेला कम्युनिष्ट मन्त्री नै अन्धविश्वासको मडारिदो कालो बादल फैलाउनमा व्यस्त बनेका छन् । डडेल्धुरा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले घटालबाबा देवताले आफूलाई मन्त्री बनाएकै भन्दै चारवटा बोकाको बली दिएको कुराले यतिबेला निकै चर्चा पाएको छ । 
डडेलधुराको अमरगढी नगरपालिका ७ मा रहेको घटालबाबा मन्दिरमा मंगलबार मन्त्री भट्टले चार काला बोकाको बली दिएका हुन् । कसैले थाहा पो पाउने हो कि भन्ने डरले सुटुक्क मन्दिर पुगी फटाफट बोका काटेर धनगढी फर्किएको स्रोतले बताएको छ । 
आफुलाई मन्त्री बनाइदिनु पर्यो, प्रभुको सेवामा तल्लिन हुनेछु भन्दै भाकल गरेको र घटाल देवताको कृपाले आफु मन्त्री भएको मान्यता राख्दै मन्त्री भट्टले घटाल देवताकै मन्दिरमा पुगेर बली दिएका हुन् । परम्परागत मान्यताका आधारमा घटाल देवताले मागेको सबै पुरा गर्ने जनविश्वास रहेको छ । आफुले मागेको पुरा भएपछि बोका, हाँस, कुखुरा, रागा भेडा लगाएतको पशुबली दिइने चलन छ ।
समाजमा अन्धविश्वास र आस्थाका नाममा पशु हत्या गर्न नहुने सिद्धान्त बोकेको कम्युनिष्ट पार्टीका मन्त्रीले आफै अन्धविश्वासको लहरो तान्दै बोका बली दिएका छन् । भट्ट तिनै मन्त्री हुन् जसले आफूलाई माक्र्सवादी भन्न गर्भ गर्छन् र उनि तिनै कम्युनिष्ट सरकारका मन्त्री हुन् जसले जनयुद्धकालमा देवीदेवताका मन्दिर भत्काउन निर्देशन दिएका थिए । तर तिनै सिद्धान्तका व्यक्तिले आस्थामा नाममा बोका बली दिएको कुराले सबैलाई आश्चर्य चकित बनाएको छ । 
कोरोना महामारी र लकडाउनका बीच मन्त्री भट्ट भाकल पुरा गर्दै बोका बली चढाउनकै लागि सुदूरपश्चिम पुगेको स्रोतले बताएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: