- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा ४ कम्पनीको १० लाख ३३ हजार ५८१.७५ कित्ता बोनस सूचीकृत भएको छ । आइतबारको कारोबारमा १ हाइड्रोपावर र ३ वटा लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो। आइतबार सेयर सूचीकृत हुनेमा अरुण भ्याली हाइड्रोपावर, चौतारी लघुवित्त, आरम्भ लघुवित्त, किसान लघुवित्त रहेको छ ।
नेप्सेमा सबैभन्दा बढी सेयर अरुण भ्याली हाइड्रोपावरको ६ लाख ५३ हजार १०९ कित्ता बोनस सेयर सूचीकृत भएको छ भने त्यसपछि किसान लघुवित्तको २ लाख ५ हजार ९९२.७५ कित्ता बोनस सेयर भएको छ ।
चौतारी लघुवित्तको १ लाख ३० हजार २०० कित्ता र आरम्भ लघुवित्तको ४४ हजार २ सय ८० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ।