Skip to content
LAXMI SUNRISE BANK

Q4 REPORT: मन्जुश्री फाइनान्सको खुद नाफासँगै बढ्यो ईपीएस, अन्य सूचक कस्ता छन् ? (अन्य विवरणसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । मन्जुश्री फाइनान्सको आर्थिक वर्ष २०७६/७७ को चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले २८ करोड ९ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको सोहि अवधिको तुलनामा २८४.१०% बढी हो । अघिल्लो वर्षको यहि अवधिमा कम्पनीले ७ करोड ३१ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
यस्तै, कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै क्रमश: ६.०६% र ८९.६५% ले बढेको छ। कम्पनीको खुद ब्याज आम्दानी ३८ करोड ५ लाख ३२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले ३५ करोड ८७ लाख ६६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सार्वजनिक गरेको विवरण अनुसार सञ्चालन नाफा १० करोड ३९ लाख रुपैयाँबाट बढेर १९ करोड ७१ लाख ६९ हजार रुपैयाँ पुगेको छ । 
यो चौथौ त्रैमाससम्म आउँदा कम्पनीले ५ अर्ब ८४ करोड ८३ लाख ८३ हजार रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ८१ करोड ८२ लाख २२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ। ८१ करोड ८१ लाख ३१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको फाइनान्सको जगेडा कोषमा २७ करोड ६० लाख ९२ हजार रुपैयाँ रहेको छ ।
नाफामा आएको उल्लेख्य सुधारले प्रतिसेयर आम्दानीमा पनि आकर्षक वृद्धि भएको छ । असार मसान्तसम्ममा प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ३४ पैसा पुगेको छ । अघिल्लो वर्ष यसको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ५२ पैसा थियो । प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ४० पैसा छ । असार मसान्तसम्ममा कम्पनीको वितरणयोग्य नाफा ११ करोड ९४ लाख ७५ हजार रुपैयाँ रहेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK