
- अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौं । आज देशका मुख्य नदीहरुमा जल सतह घट्दो क्रममा रहेको छ । कन्काइ, कमला, बागमती, नारायणी लगायतका नदीहरुको बहाब घट्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका महानिर्देशक सरजु वैद्यले कोसी र त्यसका सहायक नदीहरुमा पानीको बहाब बढ्दो क्रममा रहेपनि कन्काइ, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबइ र केही सहायतक नदीहरुमा पानीको बहाब घट्दो क्रममा रहेको बताउनुभयो । यस्तै महाकाली, कर्णाली र त्यसका सहायक नदीमा बहाब घट्दो क्रममा रहेको छ । कन्काइ, कमला, बागमती नदीमा बहाब घटबढ हुने क्रममा रहको उहाँले बताउनुभयो । गत २४ घण्टामा कन्काइमा ९८ दशमलव ४ मिलिलिटर पानी परेको छ । यस्तै भैरहवामा ६४ दशमलव ५, गल्कोटमा ७४ दशमलव २ मिलिलिटर पानी परेको उहाँले बताउनुभयो ।
अहिले देशभरीको मौसम बदली रहेको छ । प्रदेश नम्बर ५ र गण्डकी प्रदेशमा हल्का वर्षा भइरहेको छ । आगामी २४ घण्टामा प्रदेश नम्ब १, २ ५, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो । आज अधिकांश स्थानमा वर्षा नभएपनि वर्षा नै नहुने भन्ने नभएको उहाँले बताउनुभयो । उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय अन्तरगतको जलस्रोत तथा सिँचाई विभागका महानिर्देशक मधुकर प्रसाद राजभण्डारीले पूर्वी राप्ती, भेरी, कन्काई, कमला, इनाउ, पश्चिम राप्ती बबई महाकाली लगायतका २१ वटा नदी आफ्नो कार्यक्षेत्र भित्र रहेको बताउनुभयो । महाकाली, कर्णाली, बबई, नारायणी, रुपाताल संक्षण, बक्राह, कोशी, बागमती र कमला लगायत १० वटा नदी नियन्त्रणको जिम्मेवारी पनि आफ्नो मातहत आउने बताउनुभयो । गत आर्थिक वर्षमा ४७ किलोमिटर तटबन्द निर्माण भएको उहाँले बताउनुभयो । गत वर्ष १ सय ९० हेक्टर जग्गा डुबान हुनबाट जोगाइएको पनि उहाँले बताउनुभयो । हेर्नुहोस् भिडियो :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्