
काठमाडौं । काठमाडौँ उपत्यकामा मयूर यातायात संचालनमा आएको छ । लामो समयदेखिको लकडाउनका कारण ठप्प रहेकोमा आजदेखि मयूर यातायातले सेवा दिन थालेको हो । कम्पनीका अध्यक्ष मोहन श्रेष्ठका अनुसार सरकारले तोकेको मापदण्डअनुसार सेवा सुरु गरिएको बताए ।
मयूर यातायात संचालनमा आएतापनि अन्य यातायात भने संचालनमा आएका छैनन् । ठूला यातायात कम्पनीहरुले विभिन्न शर्त राखेर बस नचलाउने निर्णय गरेका बेला मयूरले भने आज (सोमबार)बाट ६ वटा बसमार्फत सेवा थालेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
कम्पनीले काठमाडौं-धुलिखेल-पनौती रुटमा दुई वटा बस संचालनमा ल्याइएको र रिंगरोडमा ४ वटा बस चलाउन थलिएको जनाएको छ । यस्तै कम्पनीले २/३ दिनमा २०/२२ वटा बस संचालनमा ल्याउने तयारी गरेको छ । अहिले कम्पनीसंग ४४ वटा बस छन् । मयूरले सरकारले बनाएको मापदण्डअनुसार नै एक पंक्तिको एउटा सिटमा एक जना मात्रै राख्ने र ५० प्रतिशत बढी भाडा लिने गरी सेवा सुरु गरेको हो । बसमा मास्क अनिवार्य गरिएको छ ।
सरकारले गत असार २६ गतेदेखि जिल्ला र काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारी खुला गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्