×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिपिए अवार्ड : मुक्तिनाथ विकास बैंकको बार्षिक प्रतिवेदन विकास बैंक तथा वित्त कम्पनीहरुमध्येकै उत्कृष्ट ठहर !

PRIME CA

बिपिए अवार्ड : मुक्तिनाथ विकास बैंकको बार्षिक प्रतिवेदन विकास बैंक तथा वित्त कम्पनीहरुमध्येकै उत्कृष्ट ठहर !

२ श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था आइक्यानले हरेक बर्ष नेपाल वित्तीय प्रतिवेदनमान -NFRS_ प्रणाली मार्फत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थाहरुलाई प्रदान गर्दै आएको विभिन्न विधाहरुमध्ये वित्तीय क्षेत्र तर्फ आर्थिक वर्ष २०७५-०७६ को लागि उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार मुक्तिनाथ विकास बैंकले प्राप्त गरेको छ ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) विभिन्न ५ विधामा प्रस्तुत गरेकोमा विकास बैंक र वित्तकम्पनीहरु मध्येबाट मुक्तिनाथ विकास बैंकले वित्तीय क्षेत्र विधाको सर्वोकृष्ट पुरस्कार प्राप्त गरेको हो ।
आइक्यानमै आयोजना भएको एक समारोहका बीच कार्यक्रमका विशेष अतिथि महालेखा परिक्षक टंकमणि शर्मा दंगालले मुक्तिनाथ विकास बैंकका कार्यकारी प्रमुख अधिकृत प्रद्युमन पोखरेललाई उक्त अवार्ड हस्तान्तरण गरेका थिए । बैंकिङ्ग क्षेत्रमा उक्त पुरस्कारलाई अति प्रतिष्ठित पुरस्कार मानिने गरिएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: