×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नयाँ आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा छायो हरियाली : ३२.४२ अंकले बढ्यो बजार, कारोबार १ अर्वमाथि

PRIME CA

नयाँ आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा छायो हरियाली : ३२.४२ अंकले बढ्यो बजार, कारोबार १ अर्वमाथि

१ श्रावण २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार बजार बढेको छ । बुधबारको तुलनामा बजार ३२.४२ अंकले बढेर १३९४.७७ बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ८० कम्पनीको २९ लाख १४ हजार ५१८ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ४ करोड  रुपैयाँमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार पुनर्बिमा कम्पनीको भएको छ । यस कम्पनीको कुल ११ करोड १० लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : एनएमबि बैंक र एनआईसी एशिया बैंकको भएको छ ।
यता बिहिबारको कारोबारमा सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै एनआईसी एशिया लघुवित्त र मितेरी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै ओरेन्टल होटल्स र राधी बिद्युत कम्पनीलगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: