
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नबिल बैंक लिमिटेड र हुवावे टेक्नलोजीज् बिच रणनैतिक साझेदारी सम्झौता सम्पन्न भएकाे छ । आज एक कार्याक्रमका बिच रणनैतिक साझेदारीको समझदारी पत्रमा नबिलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह तथा हुवावे टेक्नलोजीज् नेपालका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत डेङ चुगेनले हस्ताक्षर गरेका हुन् ।

यस उपलक्ष्यमा नबिल बैंकका प्रमुख कार्याकारी अधिकृत अनिल केशरी शाहले हुवावे जस्तो विश्वविख्यात सूचना प्रविधि सेवा प्रदायक कम्पनीसँग सहकार्य गर्न पाएकोमा उत्साह व्यक्त गरेका छन् । तथा यो रणनैतिक महत्वको सहकार्यले नबिल बैंकको ग्राहक केन्द्रित ”Leading Digital Bank” बन्ने अठोटलाई सशक्त रूपमा कार्यान्वयन गर्न सहयोग पुग्ने विश्वास पनि उनले व्यक्त गरेका छन् ।
हुवावे टेक्नलोजीजले विश्वका सैयौं संस्थाहरूको प्रविधिमा आधारित व्यवसायिक रूपान्तरणको प्रकृयामा (Digital Transformation) सहभागी भई थालेको व्यवसायिक अनुभवबाट सिकेर आफ्नाे रूपान्तरणको यात्रालाई गतिशील तथा सशक्त बनाउँदै नेपाली ग्राहकवर्गलाई अतुलनीय सेवा अनुभवहरू सिर्जना गर्दै जाने अठोट व्यक्त गरेका छन् ।
त्यसैगरी, कार्यक्रमा बोल्दै हुवावे टेक्नलोजीज् नेपालका प्रतिनिधिले हुवावेको क्लाउड प्रविधि , आर्टिफशियल इन्टेलिजेन्स तथा मशीन लर्निङ प्रविधि (Artificial Intelligence and Machine Learning), क्लाउडमा आधारित भिडियो कन्फरेन्सिङ प्रणाली (Video based conferencing system), वाइफाइ–६ लगायतका सूचना प्रविधिको उच्चतम प्रयोगबाट नबिल बैंकले आफ्नाे प्रविधिमा आधारित परिवर्तनको प्रकृयालाई आन्तरिक संचालन दक्षता तथा ग्राहक सेवा प्रभावकारिता बढाउँदै अझ सशक्त तथा तीव्र बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
यसका साथै हुवावेले आफ्ना वीत्तिय क्षेत्रलाई सेवा दिने टीम, क्लाउड सेवा दिने टीम तथा हुवावे नेपालको टीमको संयुक्त प्रयासबाट प्रविधि साझेदारको भूमिकामाफर्त बैंकलाई आफ्ना ग्राहकवर्गलाई सजिलो, सुरक्षित, भरपर्दो तथा स्मार्ट सेवाहरू प्रदान गर्न सशक्त बनाई दुई कम्पनी बीचको सहकार्य र आपसी विश्वासको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्