
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल बङ्गलादेश बैंकले बीमा सुविधा अन्तर्गत दुर्घटना बीमा वापतको १५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । बैंकले ल्याएको बचत खाता योजनाको बीमा सुविधा अन्तर्गतको दुर्घटना बीमा वापतको प्राप्त रकम १५ लाख रुपैयाँ स्वर्गीय शेर्पाकी पत्नी श्रीमती पेमलमु शेर्पालाई हस्तान्तरण गरेको हो ।

बैंकको धनकुटा जिल्लामा रहेको सिंधुवा शाखाका कर्मचारी बचत खातावाहक स्वर्गीय शाङ्गे शेर्पाको दुर्घटनामा परी असामाहिक निधन भएकोमा निजको पत्नी श्रीमती पेमलमु शेर्पालाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले उक्त रकम हस्तान्तरण गरेका हुन् ।
बैंकले असार २९ गते बैकको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा एक कार्यक्रमको बीच उक्त रकम हस्तान्तरण गरेको हो । बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न खालका सुविधाहरु दिंदै आएको परिप्रेक्ष्यमा यस प्रकारको प्रयासबाट मृत्यु भएका ग्राहकको परिवारको आर्थिक हित हुने अपेक्षा रहेको छ । साथै आगामी दिनहरुमा पनि बैकले आफ्ना ग्राहकहरुको हितमा रही बैंकिङ्ग सुविधा प्रदान गर्ने जानकारी गराएको छ ।
बैंकले ९७ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८० वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्