×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘लक डाउन अवधिभर प्रतिमहिना २५ हजारका दरले रकम उपलब्ध गराउनुपर्यो’ : नेपाल नाईं ट्रेड युनियन (भिडियो)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३० असार २०७७, मंगलवार

PRIME CA
laxmi sunrise bank

‘लक डाउन अवधिभर प्रतिमहिना २५ हजारका दरले रकम उपलब्ध गराउनुपर्यो’ : नेपाल नाईं ट्रेड युनियन (भिडियो)

  • अर्थ सरोकार मल्टिमिडिया ब्यूरो
काठमाडौं । प्रत्येक नाईं श्रमिकलाई लक डाउन अवधिभर प्रतिमहिना २५ हजारका दरले रकम उपलब्ध गराउनु पर्ने मागसहित व्यवसायीहरु आन्दोलित भएका छन् । लक डाउनका कारण व्यापार व्यवसाय बन्द गर्नु परेकाले लक डाउन अवधिको प्रतिमहिना २५ हजारका दरले रकम दिनुपर्ने माग व्यवसायीहरुले राखेका हुन् । नेपाल नाई ट्रेड युनियनले मंगलबार माइतीघरमा आफ्नो समस्या सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउँदै प्रदर्शन गरेको छ ।
तत्काल सम्पूर्ण श्रमिकहरुलाई राहतको व्यवस्था गर्नुपर्ने, लक डाउन अवधिको बैंक ब्याज मिनाहा गर्नुपर्ने र सपल तथा कोठा भाडा पूर्ण रुपमा मिनाहा गर्नुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन । ट्रेड युनियनका अध्यक्ष गजेन्द्र ठाकुरले तत्काल सैलुन र पार्लर खोल्न दिनुपर्ने, लक डाउन अवधिमा प्रतिमहिना २५ हजारका दरले दिनुपर्ने, निःशूल्क देशभरीका श्रमिकहरुलाई पीपीई सेट उपलब्ध गराउनुपर्ने र ५० लाख बराबरको जीवन विमाको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
सरकारले लक डाउनको समय बढाउँदै लगेपछि घर जान पनि नपाएको र व्यवसायम समेत सञ्चालन गर्न नसक्दा समस्या भएको उहाँले बतानुभयो । स्थानीय सरकारहरुले राहत वितरण गरेपनि मतदाता परिचयपत्र साथमा नभएका कारण आफुहरुले पाउन नसकेको उहाँले बताउनुभयो । पटक पटक सरकारलाई आफ्ना समस्या सुनाउँदा पनि सम्बोधन नभएको उहाँले गुनासो गर्नुभयो । १० अर्ब भन्दा बढी रकम रकारले खर्च गरेको बताएपनि आफुहरुले १० रुपैयाँको राहत समेत नपाएको उहाँले बताउनुभयो । आफ्ना मागहरु पुरा नगरे देशव्यापी रुपमा सशक्त आन्दोलन गर्ने तयारी भएको उहाँले बताउनुभयो । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: